काठमाडौंमा मेलमिलापकर्ता थपिंदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं उपत्यकामा मेलमिलापकर्ता थपिने भएका छन् । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले संचालन गरेको आठ दिने मेलमिलापकर्ता तालिमका सहभागीहरु नयाँ मेलमिलापकर्ताको रुपमा थपिने भएका हुन् ।
काठमाडौं जिल्ला अदालत बारको आयोजनामा सहभागीहरु ५६ जना कानूनव्यवसायीहरुलाई मिडिएसन नेपाल प्रशिक्षण प्रदायक संस्थामा आवद्ध प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् । उक्त बारका उपाध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार सहभागीहरुले सबै सत्र पूरा गरेमा मेलमिलाप परिषद्ले दिने मेलमिलापकर्ताको प्रमाणपत्र पाउने छन् ।
भोलि शनिबार समापन हुने उक्त तालिमका सहभागीहरु विभिन्न अदालतमा मेलमिलापकर्ताको रुपमा सूचिकृत हुनका लागि योग्य हुने बताइएको छ । मिडिएसन नेपालका प्रशिक्षकहरु विमल ज्ञवाली, प्रवीण नापित, सन्तोष राना मगर, रेनुका काउचा मगर, कुमार शर्मा आचार्य लगायत प्रशिक्षकका रुपमा रहेका अधिकारीले जनाएका छन् । यसैगरी न्यायाधीश तिलप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौला, खगेन्द्रप्रसाद वस्ती, लक्ष्मण थपलिया लगायतले दिएको प्रशिक्षणलाई सहभागीहरुले उपलब्धीमुलक रुपमा लिएको सहभागी रमेशचन्द्र न्यौपानेले जानकारी दिएका छन् ।
उक्त तालिमका अवधिमा के कसरी मेलामिलाप गराउन सकिन्छ भनी सहभागीहरुलाई विभिन्न किसिमबाट प्रशिक्षण दिइएको बताइएको छ । गत शनिबार सर्वोच्च अदालतका न्यायाधीश कुमारप्रसाद रेग्मीले उद्घाटन गरी भोलि समापन हुने उक्त कार्यक्रम सफलतापूर्वक भैरहेको जानकारी काठमाडौं बारका अध्यक्ष रामचन्द्र पौडेलले दिएका छन् । कार्यक्रममा सहभागीहरुको संख्या बढी रहेका कारण दुईतिर कार्यक्रम संचालन गरिएको जानकारी अध्यक्ष पौडेलले दिंदै भने, ‘काठमाडौं जिल्ला अदालत बार देशैभरिको सबैभन्दा बढी सदस्य रहेको बार भएकाले यस्ता तालिममा यस बारको लागि अरुको भन्दा बढी कोटा छुट्याइनु आवश्यक हुन्छ ।’
उक्त तालिम कार्यक्रममा अधिवक्ताहरु शैलेन्द्र शर्मा गौडेल, हरिप्रसाद तिवारी, गजेन्द्रमणि ढुंगाना, आशिष पौडेल, गोविन्द राम परियार, कौशल कुमार भट्टराई, उमेश प्रसाद अधिकारी, यासुब घिमिरे, शितोष्ण कुमार श्रेष्ठ र विशाल थापा सहभागीका रुपमा रहेका छन् । यसैगरी नितिका मरासिनी, दीपेन्द्र बहादुर विष्ट, पवन श्रेष्ठ, ओजस्वी गौतम, बविता अधिकारी, डा.सभना प्रधान, सीता देवी भन्तना, सुनिता कुँवर, सुनिता कुमारी उप्रेती र सुमिता गुरुङले पनि प्रशिक्षण लिइरहेको बताइएको छ ।
यस्तै, उक्त कार्यक्रममा सविन पोख्रेल, सुस्मिता कोइराला, सरिता लिम्बु, सारिका खड्का, रचना ढुंगान, रमेश चन्द्र न्यौपाने, रेखा शाही, जीवन न्यौपाने, भवानी प्रसाद अधिकारी लगायतका अधिवक्ताहरुले सहभागिता जनाएको बताइएको छ ।
उक्त तालिमलाई पूरा गरी प्रमाणपत्र लिएपछि उनीहरु मेलमिलापकर्ताको रुपमा समेत कार्य गर्न पाउने अवस्थामा पुग्ने बताएको छ । उनीहरुले विभिन्न अदालतका अतिरिक्त स्थानीय निकायहरुमा समेत मेलमिलापकर्ताको रुपमा कार्य गर्न सक्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *