‘महाजात्रा’ फागुन ९ देखि

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ नेपाली चलचित्र ‘महाजात्रा’ का निर्देशक प्रदीप भट्टराईले दुई जोडीको पोस्टर सार्वजनिक गरेका छन् । कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो ।
चलचित्रमा फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले ‘जात्रा’ शृंखलामा रुचाउँदै आइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रुपमा थपिएका छन् । निर्देशक भट्टराईले यसमा हासो र रोदनको मिश्रण रहेको जानकारी दिएका छन् ।
यस चलचित्रमा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको बताइएको छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *