विज्ञापन बोर्डको कारबाहीमा कोकिला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / कोकिला मिडिया (अनामनगर) लाई विज्ञापन बोर्डले कारबाही गरेको छ । तोकिए भन्दा बढी सेवा शुल्क लिएको ठहर गर्दै बोर्डले १० हजार रुपियाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको छ ।
नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग एजेन्सीले असोज १२ गते गरेको सम्झौता विपरीत कार्य गरेको भनी उक्त मिडिया कारबाहीमा परेको हो । अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले जरिवानाका साथै २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का राख्ने कुरा बोर्डद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञापन एजेन्सीले ५२ वटा एफएमबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० वटाबाट मात्र गरेको बोर्डले जनाएको छ । बोर्डले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाई बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्चार माध्यमसँग मात्र विज्ञापन कारोबार गर्न निर्देशन दिइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *