टेलिकमको वित्तीय विवरण यस्तो

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपाल टेलिकमको चालु आ.व.को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपियाँ रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कूल आय रु.२२ अर्ब १० करोड ११ लाख ३७ हजारको तुलनामा रु.७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ ।
यसैगरी चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल सञ्चालन आय रु. १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रहेको जनाइएको छ । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालन आय रु.१८ अर्ब ७ करोड ७३ लाख ४८ हजारको तुलनामा रु. ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ ।
उता, मुनाफाको हकमा भने उक्त अवधिसम्मको खुद मुनाफा रु.३ अर्ब ९३ करोड १४ लाख ३ हजार रहेको बताइएको छ । उक्त रकम गत आ.व. को सोही अवधिको खुद मुनाफा रु.४ अर्ब २५ करोड ४७ लाख ७६ हजारको तुलनामा रु.३२ करोड ३३ लाख ७३ हजार अर्थात् ७.६० प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ ।
यसैगरी कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु.४३.६८ रहेको पनि टेलिकमले जनाएको छ । गत आ.व.को दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको केही कारणहरु रहेको पनि टेलिकमले जनाएको छ । यसका प्रमुख कारणहरुमा ओ.टी.टी.सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आ.व.को तुलनामा करिब रु.५२ करोड ९२ लाख ७५ हजारले कमी भएको पनि टेलिकमले जनाएको छ । यस्तै, मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेकोलाई अर्को कारणको रुपमा चित्रित गरिएको छ ।
यता, अर्को कारणमा राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको भनी टेलिकमले जनाएको छ । सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको भनी टेलिकमले जनाएको छ । यसैगरी बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु.३४ करोड ७ लाखले कमी भएको भनी टेलिकमले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *