‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल’ सम्पन्न: नेपाली पनि प्रतिस्पर्धामा राजदूत सकारात्मक

Nayabimarsha (Weekly Newspaper from Nepal)

कौशल कुमार भट्टराई

ढाका (बंगलादेश) /बंगलादेशको राजधानी ढाकाबाट दुई सय किलोमिटरको दूरीमा रहेको बोगुरा शहरमा चौथो ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल’ समापन भएको छ । सो फेस्टिभलमार्फत दुई दर्जन बढी विभिन्न खाले चलचित्रहरुले आफूलाई ‘स्क्रिनिङ’ गर्ने मौका पनि पाएका थिए ।
सन् २०२४ को फेबु्ररी १५ देखि १७ तद्अनुसार फागुन ३ देखि ५ गतेसम्म भएको उक्त फेस्टिभलको समापन त्यहाँका सांसदले गरेका थिए । ठूलो जनसहभागिताका बीच भएको उद्घाटन समारोहमा सो फेस्टिभलका जुरीका रुपमा नेपालबाट गएका के.पी.पाठकको पनि सहभागिता रहेको थियो ।
विभिन्न विधाका चलचित्रहरु प्रतिस्पर्धीका रुपमा महोत्सवमा समावेश गरिएको जानकारी फेस्टिभलका निर्देशक सुपिन वर्मनले जानकारी दिएका थिए । नेपालबाट आचार्य गोपालले निर्देशन गरेको ‘डिभिनेशन’ नामक लघु चलचित्र पनि प्रदर्शनी गरिएको थियो । प्यूठानमा रहेका मगर जातिमा विद्यमान ‘जोखाना हेर्ने’ तथा धामी झाँत्रीमार्पmत उपचार गर्ने प्रवृत्तिलाई मुख्य विषयबस्तु बनाइएको ‘डिभिनेशन’ लाई सो अवसरमा दर्शकहरुले निक्कै नै चासोका साथ हेरेको नेपालबाट गएकी रन्जना सिग्देलले बताइन् ।
सो महोत्सवमा नेपाल, भारत, बंगलादेश, इटालीलगायतका देशका विभिन्न स्थानबाट चलचित्रहरु प्रतिस्पर्धामा आएका थिए । यसैगरी विभिन्न देशबाट फिल्म निर्माता, निर्देशक, कलाकार आदिको सहभागिता रहेको बताइएको छ । नेपालबाट ‘नयाँ विमर्श’ सम्पादक÷प्रकाशक कौशल कुमार भट्टराई तथा सञ्चारकर्मी अरुण देव जोशीको पनि सहभागिता रहेको थियो ।
आयोजक संस्थाले सहभागीहरुलाई बोगुरा क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको स्थलगत भ्रमण पनि गराएको थियो ।


यसैबीच आगामी चैत्र १ देखि हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नेपाल इन्टरनेशन फिल्म फेस्टिभल) का बारेमा के.पी.पाठकले सो अवसरमा पनि जानकारी गराएका थिए ।
यसैबीच ढाकास्थित नेपाली राजदूतावासमा नेपाली राजदूत घनश्याम भण्डारीसँग के.पी.पाठक, कौशल कुमार भट्टराई, रन्जना सिग्देलले भेट गरी बंगलादेशमा रहेका नेपाली र विद्यार्थीहरुका विषयमा जानकारी लिएका थिए । नेपाल चलचित्र छायाङ्कनका लागि राम्रो गन्तव्यस्थल रहेको जानकारी गराउँदै पाठकले ढाकास्थित नेपाली राजदूतावासले यसका लागि विशेष भूमिका खेल्नुपर्ने राजदूत भण्डारीलाई जानकारी गराएका थिए । सो कुरामा सहमति जनाउँदै राजदूत भण्डारीले आपूmले सीमित बजेटका बीचमा पनि नेपाल पर्यटकीय रुपमा राम्रो गन्तव्य रहेको जनाउ दिने गरी कार्यक्रम गर्दै आएको जानकारी दिएका थिए । यसैगरी राजदूत भण्डारीले चलचित्र पनि आफ्नो देशको परिचय गराउने राम्रो माध्यम रहेको कुरामा आफू सहमत रहेको बताउँदै निकट भविष्यमा दूतावासमा सरोकारवालाहरुसहितको छलफल चलाउने धारणा पनि राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *