साहित्यकार सुवेदीको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर/ विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको चैत्र १४ गते निधन भएको छ । अर्बुद रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार निधन भएको परिवारजनले जानकारी दिए ।
मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृतिका श्रष्टाका रुपमा सुवेदी परिचित छन् । उनले अनेकौं कृतिहरूका समालोचना गरेका छन् । विराटनगरका सामाजिक अगुवाका रुपमा समेत परिचित छन् । गोरखापत्रका पत्रकार शदरराज सुवेदीसहित अर्का एक छोरा र एक छोरी दधिराज सुवेदी रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *