श्री एयरलाइन्सले थप्यो जहाज

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ निजी लगानीको श्री एयरलाइन्सले दुई जहाज थपेको छ । ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं आएकाले तिनीहरुले निकट भविष्यमै उडान भर्ने बताइएको छ ।
नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएका भनी कम्पनीले जनाएको छ । यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएका ती जहाज नेपाली आकाशमा अब उडाउने योजनासहित कम्पनीले भित्र्याएको बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पूरा गरी यी विमान आन्तरिक उडानमा लगाइने भएको छ । श्रीले सन् २०१७ देखि ५० सिट क्षमताका दुइटा सीआरजे २०० तथा ७० सिट क्षमताका दुइटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको छ । शुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *