भकुण्डो झैं यताउता बनाएर सचिवहरुको सरुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकार परिवर्तन हुनासाथ त्यसको मारमा स्थायी सरकार मानिने निजामती सेवाका विशिष्ठ श्रेणीका सचिवहरु पर्ने गरेका छन् ।
उनीहरुलाई यता र उता गरेर आफ्नो ‘एश म्यान’ लाई ल्याउने चलन छ । यस पटक पनि पाँच दलीय गठबन्धनको सरकारले पुरानो मिति (ब्याक डेट) राखेर गत चैत १५ गते एकै पटक १३ जना सचिवहरुलाई सरुवा गरेको छ ।
सरुवासूची अनुसार संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास, खानेपानी, अर्थ र भूमिसुधार मन्त्रालयका सचिवहरु बाहेक अन्य सबैजनालाई सरुवा गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको तयारी भएका कारण आगामी २०८१ जेठसम्म अर्थसचिव कृष्णहरि पुष्करलाई र राजश्व सचिवलाई चलाएका छैनन् । सरुवाको सूची अनुसार बागमती प्रदेशबाट बल्लतल्ल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्राललयको उद्योग हेर्ने सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । यसैगरी राष्ट्रपति कार्यालयका मधुसूदन बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको प्रशासन हेर्ने सचिवमा, घनश्याम उपाध्याय श्रम तथा रोजगार, दिनेश घिमिरे बाणिज्य, कृष्णबहादुर राउतलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । सचिव राउत बालुवाटार जग्गा प्रकरणमा विराटनगर जानलाग्दा विमानस्थलमा पक्राउ परेका थिए ।
यसैगरी सरुवा भएका अन्य सचिवहरुमा नारायणप्रसाद दुवाडी–प्रधानमन्त्री कार्यालय, गोपालप्रसाद सिग्देल– भौतिक पूर्वाधार, सरिता दवाडी– सिंचाई, रविलाल पन्त– निर्वाचन आयोग, सुशीलचन्द्र तिवारी– ऊर्जा, विश्वबाबु पुडासैनी– विज्ञान तथा प्रविधि, प्रमिलादेवी बज्राचार्य– नेपाल ट्रष्ट र ऊर्जा आयोगमा केशव शर्मालाई सरुवा गरिएको छ । गत २०८० चैत ८ भै सरुवा र बढुवा भए पनि चैत १५ को निर्णय भनी सरुवापत्र दिइएको समाचार सूत्रले बताएको छ ।
चैत १५ को मन्त्रिपरिषद्को निर्णयले डा. हरिप्रसाद लम्साललाई सचिव (विशिष्ठ श्रेण) मा बढुवा गरिएको छ । डा. लम्साल शिक्षाका विज्ञ मानिन्छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *