पाँच कृतिको विमोचन

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ पाँच साहित्यकारद्वारा रचित अंग्रेजी तथा नेपाली भाषाका कृति एकसाथ विमोचित भएका छन् ।
नेपाल हाइकु केन्द्र तथा साहित्य संचार नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा ती पुस्तकहरुको विमोचन गरिएको हो । प्राध्यापक रामकुमार पाँडेको परम्परा कविता लेखनसँग सम्बन्धित अंग्रेजी पुस्तक, प्राध्यापक सीताराम अधिकारीको अंग्रेजी कविता संग्रह, डाक्टर यादव ढुंगाना तथा किशोरबज्र बज्राचार्यका सिँजो कविता तथा सावित्री रावलको हाइकु संग्रह विमोचन गरिएको थियो ।
सो विमोचन समारोहमा वरिष्ठ पत्रकार युवराज घिमिरेले भाषा साहित्यका साधकलाई उच्चकोटीको सम्मान रहने हुँदा त्यसकै मर्मलाई स्रष्टाले ग्रहण गर्नुपर्ने धारणा राखे । यसैगरी अर्का वरिष्ठ पत्रकार जिवराम भण्डारीले समाजमा भएको पीडा, उत्पीडन र विकृतिलाई साहित्यकारले खुलेर औंल्याउनुपर्ने धारणा राखेका थिए ।
यसैगरी साहित्यकारद्वय डा. मित्रबन्धु पौडेल र प्रमोद प्रधानले पुस्तकहरूको समिक्षा गर्दै अध्ययन र अनुसन्धानपछि मात्र साहित्य साधनमा लाग्न सकेमा गहन सिर्जना गर्न सकिने धारणा राखेका थिए ।
प्राध्यापक रामकुमार पाँडेले आगामी बैशाख ४ र ५ गते नेपालमा परम्परा कविता लेखन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी पनि गराए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *