भौतिक सचिवको पद असुरक्षित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ | गठबन्धन सरकार नै कायम रहे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ हट्ने भएका छन् । सचिव श्रेष्ठ र सल्लाहकार राजकिशोर गुप्ताको अनैतिक साँठगाँठ र कर्मचारी सरुवाको सेटिङ थाहा पाएपछि अहिले मन्त्री रेणुकुमारी यादव र गुप्ताबीचको सम्बन्ध बिग्रिएको जानकारहरुले बताएका छन् ।

मन्त्री यादवले गुप्तालाई हटाएर विज्ञ सल्लाहकारका रुपमा रेल विभागका पूर्वमहानिर्देशक बलराम मिश्रलाई नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएपछि सचिव श्रेष्ठ र गुप्ता मिश्रको नियुक्ति रोक्न हात धोएर लागिपरेका छन् । मन्त्री यादवले गुप्ता आइसकेपछि मिश्रलाई भौतिक मन्त्रालयमा ल्याउन खोजे पनि गुप्ताकै कारण मिश्रले असहमति जनाएका थिए ।

भौतिक पूर्वाधार मन्त्रालयमा सचिव श्रेष्ठ र गुप्ताको कमिशन आतंकले ठेकेदार तथा कर्मचारीहरु हैरान बनेको पीडितहरुले बताएका छन् । ठेक्कापट्टाको म्याद थपदेखि भेरिएसन र ठेक्का सदर गर्दा कमिशन मागेर दिग्दार पार्दै आएका सचिव एवं गुप्ताको गिरोहले आफ्नो स्वार्थपूर्तिका लागि मन्त्री यादवलाई बद्नाम बनाएको मन्त्रालयमा चर्चा चलेको छ । एमसीसीका कारण गठबन्धन भत्कियो भने सचिव श्रेष्ठ हट्ने र उनको ठाउँमा गोपाल सिग्देल वा रमेश सिंह आउने बताइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *