समाजवादीका मन्त्रीहरुले सरकार नछाड्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर | नेकपा (एकीकृत समाजवादी) मा पनि एमसीसीको विषयलाई लिएर भाँडभैलो शुरु भएको छ । संसद् भवनको चारैतिर काँढेतारको बार लगाएर एमसीसी पास गर्ने प्रबन्ध मिलाइँदै गर्दा एकीकृत समाजवादीका मन्त्रीहरुले सरकारमा पनि बस्ने र सडकमा विरोध गर्ने दुई जिब्रे प्रवृत्ति देखाउन नहुने बताएका छन् ।

यता गठबन्धन भत्काएर एमसीसी पास गर्ने दाउमा एमाले लालायित देखिएको छ । गठबन्धन सरकारमा अमेरिकन सहयोग परियोजनालाई माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, लीलामणि पोखरेल, कृष्णबहादुर महरा तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले उग्रविरोध गर्दै आएका छन् ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाले पनि उनीहरुलाई साथ दिएको छ । नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरु प्रेमबहादुर आले (पर्यटनमन्त्री), किसान श्रेष्ठ (श्रम तथा रोजगार मन्त्री) र रामकुमारी झाँक्री (शहरी विकास मन्त्री) एमसीसीको पक्षमा देखिएका छन् । मन्त्री आलेको पक्षमा १० जना सांसद् रहेकाले पार्टी विभाजन हुन सक्ने जानकारहरुले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री आले र श्रेष्ठले व्यापक सुधारका कामहरु गर्दै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *