हुलाकी सडकका मूल ‘रेड जोन’ मा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले गत हप्ता अस्वाभाविक ढंगले चारजना प्राविधिक सहसचिव (सुई) हरुको सरुवा गरेपछि सुइहरुको मुटुमा ढ्याँग्रो ठोकेको छ ।
सरुवा भएका सुइहरुमा मदन भण्डारी सडक आयोजनाका प्रमुख बेलबहादुर भुजेल–मन्त्रालयको जलमार्ग महाशाखा, उक्त महाशाखाका दीप बराही मदन भण्डारी सडक आयोजनाको प्रमुख, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरामा कार्यरत शुभराज न्यौपाने सडक सुधार तथा विकास आयोजना (आरआईडीपी) र आइआरडीपीमा कार्यरत नरेन्द्र सुवेदीलाई न्यौपानेको ठाउँमा पोखरा सरुवा गरिएको छ ।
यसैगरी केही सिडिइहरुको पनि सरुवा भएको छ । जसमा रेल तथा मेट्रो आयोजना सर्लाहीमा कार्यरत सन्तोष कर्ण सडक विभाग, रेल तथा मेट्रो आयोजना सर्लाहीमा किरण कार्की, सडक डिभिजन धनुषाका अरुणलाल कर्ण, हुलाकी राजमार्ग वीरगञ्ज र हुलाकी वीरगञ्जका दीपक झालाई सडक डिभिजन धनुषामा सरुवा गरेको छ ।
यसैगरी सञ्जय पन्थीलाई सडक विभागमा सरुवा गरिएको छ । बजेट नभएपछि हुलाकी सडक नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले पनि सरुवा हुन खुट्टा उचालेका छन् । भण्डारी गत २०८० भाद्र २६ गतेको सरुवामा सिडीई सुमन योगेशलाई सरुवा गरी रोजेर हुलाकी सडक नेपालगञ्ज गएको समाचार श्रोतले बताएको छ ।
यता, हुलाकी सडक आयोजनाका प्रमुख अजय मूलले परिणाम देखाउन नसकेपछि सरुवाको सूचीमा परेको जानकारहरुले बताएका छन् । हुलाकी सडक आयोजनाको प्रमुख बनेपछि सुई मूलले सिन्को समेत नभाँची हुलाकी सडकलाई गति दिन नसकेको बबरमहलमा चर्चा चल्ने गरेको छ । कार्य क्षमतामा अत्यन्त कमजोरको आरोप लागेका सुई मूल धूमपान र मद्यमानको भोगी रहेको हुलाकी सडककै कर्मचारीहरुले बताएका छन् । सरुवाको समय नभए पनि परिणाम देखाउन नसक्ने कर्मचारीहरुलाई मन्त्रीले भटाभट सरुवा गर्नुपर्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *