काँग्रेसको १६ जिल्ला अधिवेशन हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । नेपाली काँग्रेसको अधिवेशन गर्न बाँकी रहेको १६ जिल्लाको अधिवेशन पर्सि फागुन २० गते हुने भएको छ । पार्टी नेतृत्वको आग्रहअनुसार फागुन १३ गतेका लागि तय भएको १६ वटा जिल्लाको जिल्ला अधिवेशन २० गते गर्ने निर्णय भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मधेश प्रदेशका आठ जिल्लामा १३ गतेका लागि गर्ने भनिएको जिल्ला अधिवेशन काँग्रेसका पुराना नेता स्वर्गीय महेन्द्रनारायण निधिको १०० औँ जन्मजयन्ती परेकाले कार्यसम्पादन समितिको आग्रहमा अन्य आठ जिल्ला समेतमा धकेलिएको हो । क्रियाशील सदस्यता विवादका कारण मधेश प्रदेशका आठ जिल्ला महोत्तरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, बाँके, पर्सा, रौतहट एवं चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन रोकिएको थियो । काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भएको झण्डै तीन महिनापछि हुन लागेको छवटा जिल्ला अधिवेशनमा संस्थापन पक्ष र इतरपक्षबीच रस्साकस्सी चलेको छ ।

एमसीसी पास गर्ने सवालमा देखिएको एकमतलाई काँग्रेसभित्रको विवाद मत्थर भएको जानकारहरुले बताएका छन् । यही हिसाबले काँग्रेस एक ढिक्का हुनुपर्ने आवाज राजनीतिकवृत्तमा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *