हैसियत खुम्चिएपछि वामदेव पनि पार्टी खोल्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेर बसेका नेता वामदेव गौतम पनि नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । तत्कालीन नेकपामा ‘कि म्यान’ का रुपमा रहेका गौतम अहिले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अलग भएपछि दुवै गुटमा नलागी राष्ट्रिय एकता अभियानलाई सक्रिय पार्ने र कार्यकर्ता बटुल्ने अभियानमा जुटेको समाचार स्रोतले जानकारी दिएको छ ।
यसअघि नेकपामै रहेका स्वास्थ्यमन्त्री हात पारेका हृदयेश त्रिपाठीले पनि जनता प्रगतिशील पार्टी खोलेका छन् । पछिल्लो समय नेपालका कम्युनिष्टहरुमा आएको विचलन र स्वार्थी प्रवृत्तिले पार्टी जुटतिरभन्दा फुटतिर उन्मुख भइरहेको छ ।
नेकपा एमाले विभाजन भई एकीकृत समाजवादी गठन हुँदासम्म गौतम माधवकुमार नेपालको पार्टीतिर जाने तयारीमा थिए । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन सिद्धान्त मान्न तयार नभएपछि गौतम बिच्किएका थिए । नेता गौतमले खोल्ने भनिएको नयाँ पार्टीमा पत्नी तुलसा गौतम, केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, हरि पराजुली र नेतृ माया न्यौपानेलगायतका नेताहरुले गौतमलाई साथ दिने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *