अर्लाङ्दी मन्दिरको जीर्णोद्वार

Nayabimarsha (Weekly Newspaper from Nepal)

गोरखा/ गोरखाको शहीद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको ३४ लाख ५९ हजार रुपियाँको लागतमा सो मन्दिरको जीर्णोद्वार गरिएको जनाइएको छ । वि.सं. २०७२ बैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरुपमा क्षति भएको थियो ।
मन्दिर जीर्णोद्वार गर्न पुरातत्व विभागले भक्तपुरको ‘एम.बी. एण्ड सन्स कन्स्ट्रक्सन’ सँग ठेक्का सम्झौता गरेको थियो । त्यसबाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका काम भने मन्दिर संरक्षण समितिले आफैँ गरेको बताइएको छ । उक्त मन्दिर त्यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने उक्त मन्दिर सयौँ वर्ष पुरानो रहेको मानिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *