अनेसास निर्वाचन समिति गठन

Nayabimarsha (Weekly Newspaper from Nepal)

अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४–२०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी शुरू गरेको छ ।
शनिबार अनेसासका अध्यक्ष गोवद्र्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइँटेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । समितिमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे रहेका छन् ।
प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचनले यस पटक १७ औँ अध्यक्षलाई निर्वाचित गर्ने छ । विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका दुई हजार चार सय जति आजीवन सदस्य रहेका छन् । यसरी विश्वभर यति ठूलो सञ्जाल भएको यो एकमात्र पुरानो र सक्रिय साहित्यिक संस्था हो । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवद्र्धन पूजाले बताए ।
यस पटकको निर्वाचनले एक–एकजना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष गरी पाँचजना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र पाँचजना सदस्य निर्वाचित गर्नेछ । १७ जनाको कार्यसमिति पूरा गर्न दुईजना सदस्य मनोनीत गर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *