कवाडीवालाको कथामा ‘भाउ’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ लघु चलचित्र ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको उक्त चलचित्रको टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको बताइएको छ । तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको जीवन यसमा देख्न पाइने बताइन्छ । एउटा मधेशी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ । पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठूलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बीचको खाडललाई देखाउन खोजेको छ ।
उक्त लघुचलचित्र काठमाडौं र भक्तपुरमा छायांकन भएको हो । कवाडीवालाको भूमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् । यसैगरी सहायक निर्देशन करण साउदले गरेका छन् ।
अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको चलचित्रमा भाषा अनुवाद राम श्रेष्ठ र आर.के.मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बि.सी. र कलरिङ राकेश दाहालले गरेका छन् ।
चलचित्रसम्बन्धी विभिन्न विधामा पढाई सञ्चालन भइरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो । ‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो ।
अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको बताइएको छ ।
भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । यसमा मानिसको जीवनको मूल्यलाई दर्शाउन खोजेको उनी बताउँछन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *