सन्दीपले विश्वकप खेल्न नपाउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट खेल्न नपाउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले लामिछानेलाई प्रवेशाज्ञा (भिजा) नदिएका कारण उनी अमेरिका जान नपाउने भएका हुन्् ।
बलात्कार मुद्दामा उनले सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरी अमेरिका पठाउने तयारी गरेको थियो । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपले सफाइ पाएको फैसलासहित सबै कागजात पेस गरिँदा समेत लामिछानेलाई प्रवेशाज्ञा नदिइएको बताए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको अवस्थामा लामिछाने अमेरिका पुगी नेपालको तर्फबाट खेल खेल्न सक्ने अपेक्षा गरिएको थियो ।
नेपालस्थित अमेरिकी दूतावासले लामिछानेलाई भिजा नदिइनुको कारण नखुलाए पनि अमेरिकी कानूनअनुसार भिजासम्बन्धी अभिलेखहरु गोप्य हुने भनी समाचार स्रोतलाई जानकारी गराएको छ ।
अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित भई नेपाली टोली अमेरिका प्रस्थानपूर्व उक्त टोलीको सह्राहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *