काठमाडौं/ गत जेठ ४ गतेबाट रेल विभाग नेतृत्वविहीन बन्न पुगेको छ । रेल विभागका महानिर्देशक रोहित विसुराल अनिवार्य अवकाशमा घर गएपछि विभाग महानिर्देशकविहीन बनेको छ ।
अनिवार्य अवकाशमा जान लागेका सु.ई.हरुलाई थन्क्याउने डम्पिङ्ग साइड रेल विभाग बन्दै आइरहेको जानकारहरुले बताएका छन् । विगतमा अनन्त आचार्य बाहेक बलराम मिश्र, दीपक भट्टराई र रोहित विसुराललाई अवकाश हुन एक डेढ वर्ष बाँकी रहँदा मात्र विभागको महानिर्देशक बनाइएकाले उनीहरुबाट जनकपुर–जयनगर बाहेक रेल सेवा बिस्तार सम्बन्धी एक इन्च पनि प्रगति हुन नसकेको समाचार श्रोतले बताएको छ ।
अहिले प्रविधिक सहसचिवको सेवा सुविधा, गाडी लगायतको सुविधा भए पनि विभागको डीजी बन्न कसैले चाहना नराखेपछि भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुवीर महासेठ र सचिव गोपाल सिग्देलले कसलाई पठाउने भन्ने सुइको खोजी गरिरहेको समाचार प्राप्त भएको छ । सरकारको नेतृत्व परिवर्तन हुनु अगाडि तात्कालिन भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले ज्ञानेन्द्र झालाई रेल विभागको महानिर्देशक बन्न प्रस्ताव गरेको समाचार अहिले चर्चाको विषय बनेको छ । झाको जागिर अवधि अझै १४–१५ वर्ष बाँकी छ । बरु हुलाकी सडक निर्देशनालयका आयोजना प्रमुख ई. अजय मुल आगामी २०८२ असारको दोश्रो हप्ता अवकाश हुने भएकाले रेल विभागको डिजीमा उनको चर्चा चलेको छ । मुलले डीजी नस्वीकारे विभागकै माथिल्लो तलामा सडक निर्देशनालय एडीबीको नेतृत्व सम्हालका ई. चुडाराज ढकाललाई जिम्मेवारी दिने र आगामी श्रावण भाद्रमा हुने सुईहरुको सरुवामा सुई पठाउने सोंचमा मन्त्रालय रहेको समाचार श्रोतले बताएको छ ।
आगामी भदौमा हुने सुईहरुको सरुावमा गुटबन्दीको आरोप लागेका सुईहरु रामहरि पोख्रेल, चुडाराज ढकाल, अर्जुन अर्याललाई पनि सरुवा गर्ने बताइएको छ । गुटबन्दीको आरोप लागेका सुईद्वय बेलबहादुर भुजेल आगामी भदौमा अवकाशमा पर्दैछन् भने शुभराज न्यौपानेले गुटबन्दीको पुरस्कार स्वरुप संघीय सडक पोखराबाट सडक सुधार आयोजनामा सरुवा भै हाजिर नल सर्तकता केन्द्रमा सरुवा मिलाएको समाचार श्रोतले बताएको छ ।
गुटबन्दीको आरोप लागेका प्राविधिक सहसचिवहरुलाई सचिव केशवकुमार शर्मा निकट मानिने गरिएको छ । यता सडक विभागका महानिर्देशक सुशिल बाबु ढकालको सरुवा भए उनको ठाउँमा डा. विजय जैशीको डिजी बन्ने चर्चा चलेको छ । जैशी सडक विभागका क्षमतावान र विज्ञ सुई भएको सडककै जानकारहरुले बताएका छन् । गत हप्ता गरिएको सहसचिवहरुको सरुवामा मन्त्रालयका प्रशासन हेर्ने र तात्कालिन मन्त्री प्रकाश ज्वालाको कार्यकालमा मस्ती गरेका सहसचिव रघुराम विष्टको निर्वाचन आयोगमा सरुवा भएको छ । उनको ठाउँमा बाबुराम गौतम आएका छन् । सहसचिव विष्ट निकट भविष्यमा सचिव हुँदैछन् ।
रेल विभाग र एडीबीमा जाने सु.ई.को खोजी
Facebook Comments Box