एमाले सुनसरी अध्यक्षको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुनसरी/ उपचारका लागि भारत लैजाने क्रममा नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा उनको निधन भएको एमाले सुनसरीले जनाएको छ ।
उनलाई मंगलबार भारत लगिएको थियो । खनाल एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा हालै निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गतेसम्म भएको अधिवेशनमार्फत उनले खेमराज पोखरेललाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए । खनाल गत स्थानीय निर्वाचनमा बराहक्षेत्र नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । त्यसअघिको स्थानीय निर्वाचनमा बराहक्षेत्र नगर प्रमुखमा निर्वाचित भएका खनालले दोस्रो कार्यकाल भने दोहो¥याउन पाएनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *