न्यायाधीश गिरी नै थुनामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ निलम्बित अवस्थामा रहेका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैदको सजाय भएपछि उनी कैदमै बस्नुपर्ने भएको छ ।
पूर्वपत्नीलाई करणी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई सात वर्ष कैद सजाय र तीन लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएपछि हाल पुर्पक्षमा थुनामा रहेका गिरी थुनामै रहने अवस्था आएको बताइन्छ ।
भुसालकै इजलासले यही जेठ १३ गते गिरीलाई दोषी ठहर गरेको थियो । गिरीकी पूर्वपत्नीले उनीविरुद्ध काठमाडौँमा जबरजस्ती अभियोगमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि २०७९ चैत २८ मा गिरीलाई पक्राउ गरिए पनि गिरीलाई काठमाडौँ जिल्ला अदालतले जम्मा रु.५० हजारमा रिहा गरेको थियो । जिल्लाको थुनछेक आदेशलाई सदर गर्ने उच्च अदालतको आदेशसलाई बदर गर्दै सर्वोच्चले गत चैतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सम्बन्ध विच्छेदअघि नै श्रीमतीले गिरीविरुद्ध रुपन्देहीमा वैवाहिक जबरजस्तीकरणमा जोहरी दिएकी थिइन् । सम्बन्धमा सुधार भएपछि दुवै पक्षको सहमतिमा उक्त मुद्दा तामेलीमा राखिएको थियो । फेरि सम्बन्ध बिग्रेर विच्छेद नै भइसकेपछि पनि आफूमाथि करणी भएको भन्दै पत्नी दिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले सजाय निर्धारण गरेको हो । यसरी न्यायाधीशको रुपमा बहाल रहेकै बखत् ‘बलात्कार’ को आरोपमा सजाय पाउने ‘अभागी’ न्यायाधीशको रुपमा उनी चिनिने भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *