खेताला शिक्षक राखी तलब कुम्ल्याउँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ श्रमजित किशोर मा.वि.लुखुशी ललितपुरमा खेताला शिक्षक राखी तलब खाने कार्य भैरहेको पाइएको छ ।
उक्त मा.वि.मा तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्रराज पौडेलले खेताला शिक्षकका रुपमा अशोक यादवलाई राखी बर्षौदेखि अवैध रुपमा तलब खाँदै आएको समाचार स्रोतले जानकारी गराएको छ । सो कुराको जानकारी एक निवर्तमान शिक्षकले शिक्षामन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको स्रोतले दाबी गरेको छ । विज्ञान शिक्षक पौडेलको विद्यालयको अध्यापन तालिका (रुटिन) मा नाम समेत नभएकोले प्रमाण स्वरुप सो रुटिन पनि पेस गरेको बताइएको छ ।
उजुरीमा पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रष्टाचारको आरोपमा कारबाहीमा परेपछि सो विद्यालयमा सरुवा भएका जानकारी गराइएको छ । उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षत्रीको संरक्षण रहेको पनि स्रोतले दाबी गरेको छ । क्षत्रीले पौडेलमार्फत नै शिक्षक सरुवा र नियुक्तिमा अनियमित तबरले रकम उठाउने गरेको पनि समाचार स्रोतले दाबी गरेको छ । यस विषयमा क्षत्रीको मोबाइल फोनमा सम्पर्क गर्दा उठेंन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *