सु.न.पा.को विकासमा कांग्रेसको ध्यानाकर्षण

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यावहारिक र व्यवस्थित बनाउनुपर्ने ध्यानाकर्षण नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकालाई गराएको छ । नगर प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षणपत्र कांग्रेस सूर्यविनायक नगरपालिकाका सभापति निशान ढुंगेलले बुझाएका छन् ।
आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य, सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाएपछिको पत्रकार सम्मेलनमा सभापति ढुङ्गेलले भू–वर्गीकरण नीति, नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रक्त उपलब्धताको व्यवस्था मिलाउनुपर्ने कुरा उठाइएको बताए । उनले निःशुल्क शववहान सेवा, हनुमन्ते कोरिडोरमा नक्सा पासको व्यवस्था गर्दै नगर क्षेत्रको विद्यालयहरूमा प्रतिस्पर्धाद्वारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माणको कार्यका बारेमा घच्घचाउने कार्य भएको बताइएको छ । उनले लाँकुरी भञ्याङ्गदेखि साँगासम्म पर्यटन मार्ग घोषणा, मेलम्चीको पानीलाई सूर्यविनायक नगरपालिकाका थप वडाहरूमा उपलब्ध गराउने प्रयास प्रशंसनीय रहेको बताए ।
दिगो विकासको सवालमा नगरपालिका चुकेको आरोप लगाउँदै सडकहरू ढल नबिच्छ्याई कालोपत्रे गरिएको बताउँदै ढुङ्गेलले ती हेर्दा विकास भए पनि अन्ततः नीतिगत भ्रष्टाचार भएको टिप्पणी गरे ।
खानेपानी समस्या देखिएका क्षेत्रहरूमा तत्काल सफा, स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, नगर क्षेत्रका खानेपानी उपभोक्ता समितिको अनुगमन गरी मूल्याङ्कन गर्ने पद्धति बसाल्नुपर्ने कुरा पनि उल्लेख गरिएको बताइएको छ । यसैगरी स्थानीय कला, संस्कृति, जात्रा, पर्व, मठ मन्दिर, बाजागाजा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि विशेष ध्यान दिनुपर्ने, नगदेवाली, पुष्पखेती, पशुपक्षी पालन गरिरहेका किसानहरूका लागि उत्प्रेरित गर्ने प्रकृतिको कार्यक्रम कृषिमा युवा वर्गको आकर्षण बढाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने माग पनि काँग्रेसले राखेको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले काँग्रेसले उठाएका कतिपय विषयबस्तु कार्यान्वयन भइरहेको र बाँकी पनि नगरको स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । –सन्जिव दुलालबाट

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *