अनुपम म्युजिकको तालिम

Nayabimarsha (Weekly Newspaper from Nepal)

पोखरा/ अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ श्रृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे ।
भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सीप सबै वर्ग र क्षेत्रका मानिसले सिक्नुपर्नेमा जोड दिए । मानिसको व्यक्तित्वलाई उच्च बनाउन भाषण कलाले सहयोग गर्ने अनुभव सुनाए । अनुपम म्युजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेताहरूसम्म लाभान्वित भएको बताइएको छ ।
अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले हालसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको जानकारी दिए । कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे, प्रशिक्षार्थीहरू अनुपमा अधिकारी, मिलन बराल, अर्नभ तुलाचन, ओजस्वी गौतमलगायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले गरेका थिए । सो अवसरमा गायिका कृषिका घिमिरेले गायन प्रस्तुत गरेकी थिइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *