बास्केटबल प्रतियोगिता सम्पन्न

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नयाँबजारमा अवस्थित मनास्लु स्कुल/कलेजमा “तेस्रो मनास्लु एस.इ.इ.कप बास्केटबल प्रतियोगिता” सम्पन्न भएको छ । एस.इ.इ.दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ १४ वटा समूह सहभागी थिए ।
छात्रतर्फ आयोजक मनास्लुले प्रथम स्थान हासिल गरेको थियो भने रेडियन्ट स्कुलले द्वितीय स्थान हासिल गरेको थियो । त्यस्तै छात्रातर्फ जे.एस.ए समूहले प्रथम र थन्डर स्ट्राइक टिमले द्वितीय स्थान हासिल गरेका थिए । निकै उत्साहजनक रूपमा सञ्चालन भएको उक्त प्रतियोगिताको “मस्ट भ्यालुएबल प्लेयर” को उपाधी छात्रतर्फ बिक्की स्याङ्वो र छात्रातर्फ सराह डंगोलले प्राप्त गरे । प्रतियोगितामा प्रथम हुने समूहहरूले नगद रू.१५ हजार र ट्रफी तथा द्वितीय हुने समूहहरूले रू. १० हजार र ट्रफी प्राप्त गरेका थिए ।
उक्त प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कलेजका सि.इ.ओ.नरेशप्रसाद श्रेष्ठले बास्केटबल प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना भए छात्रवृत्ति प्रदान गरिने बताए । नेपाल बास्केटबल संघ (नेबा) का महासचिव नरेन्द्र थापा प्रमुख अतिथि रहेको समापन समारोहमा कलेजका कार्यकारी निर्देशक जे.बि. दवाडी, प्राचार्य सुचिता शाक्य, कार्यक्रम निर्देशक कविराज अंगाई, कार्यक्रम संयोजक नवीन शाक्य, माध्यमिक तह संयोजक नवराज भट्ट एवम् प्रशासकीय अधिकृत सुमन खनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । शैलेस श्रेष्ठको संयोजकत्वमा कार्यक्रम संचालन भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *