इन्जिनियरिङ कलेजमा ‘एक करोड’

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपाल इन्जिनियरिङ कलेजले हरेक वर्ष एक करोड बढी रुपियाँ बराबरको छात्रवृत्ति नै दिने गरेको छ ।
नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित यस कलेजको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । शहरी कोलाहल र प्रदुषणभन्दा टाढा शान्त तथा हरियाली वातावरणयुक्त चाँगुनारायण, भक्तपुरमा कलेज रहेका कारण विद्यार्थीले यो कलेजलाई रुचाउने गरेको बताइन्छ ।
यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित यो कलेजले दिने गुणस्तरीय शिक्षा नै रहेको बताइएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमध्येकै उत्कृष्ट कलेजका रुपमा यो कलेजलाई लिइने गरेको कलेजका कार्यवाहक प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीको कथन छ ।
कलेजले प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकताका साथ अंँगाल्नुका साथै कलेजले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्सपोज दिन युरोप, अस्ट्रेलिया, जापानका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रममा सहकार्य गरेबाट विद्यार्थीहरुले त्यो अवसर पनि पाउने गरेको भण्डारी बताउँछन् ।
‘हामीले यहाँ पढ्ने विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजको सुविधा दिएका छौं । हरेक वर्ष विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा युरोप, जापान लगायत विश्वका उत्कृष्ट कलेजमा अध्ययन गर्न पठाइन्छ ।’ भण्डारी भन्छन्, ‘कुनै पनि विषयगत विषयमा विद्यार्थीले जुनसुकै बेला आफ्ना शिक्षकहरुसँग निर्धक्क जिज्ञासा र समस्या राख्न पाउनुपर्छ । त्यो सुविधा हामीकहाँ छ ।’
कलेजले दिने छात्रवृत्तिलाई अर्को आकर्षण मानिन्छ । पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थी छात्रवृत्तिसँगै कलेजले हरेक वर्ष विभिन्न शिर्षकमा लगभग सयजना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको भण्डारीको दाबी छ । यसैगरी इन्जिनियरिङ शिक्षामा अवसर दिन चाँगुनारायण नगरपालिकामार्फत छात्रवृत्ति प्रदान गरिएको पनि उनले जानकारी दिए ।
कलेजले उत्पादन गरेका दक्ष जनशक्ति अहिले नेपाल सरकारका उच्च ओहदा, निजी तथा गैरसरकारी संस्थामा कार्यरत मात्र छैनन् विश्वका विभिन्न देशहरुका प्रतिष्ठित कलेज, विश्वविद्यालय र व्यावसायिक प्रतिष्ठानहरुमा कार्यरत रहेका बताइन्छ ।
कलेजमा स्नातक तहतर्फ सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिशेकन इन्जिनियरिङ तथा वि.ई. सिभिल फर डिप्लोमा होल्डर्सको अध्यापन हुने गरेको बताइएको छ । स्नातकोत्तर तहमा ललितपुरको प्रयागपोखरीस्थित नेक–सिपिएसमा कन्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यापन हुने गरेको जानकारी दिइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *