मेलमिलापकर्ताका प्रशिक्षकहरु थपिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ न्यायिक क्षेत्रमा मेलमिलापकर्ताहरुको उत्पादन गराउन सहयोग पुग्ने गरी थप २९ जना प्रशिक्षकहरु भोलि शनिबारबाट थपिने भएका छन् ।
न्यायिक क्षेत्रमा मेलमिलापमार्फत सहयोग पु¥याउने उद्देश्य हेतु नयाँ २९ जना प्रशिक्षकहरु थपिने भएका हुन् । मेलमिलापकर्ता सम्बन्धी प्रशिक्षकहरुको उत्पादनका लागि काठमाडौं जिल्ला अदालत बार एसोसिएशनले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिमबाट शनिबार मुलुकले थप २९ जना कानून व्यवसायीहरुलाई प्रशिक्षकको रुपमा प्रमाणपत्र दिइने भएको हो ।
काठमाडौं बार एसोसिएशनको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाज तालिम प्रयादक संस्थाको रुपमा रही आठ दिने तालिम भोलि शनिबार सम्पन्न हुने भएको हो । कुनै पनि सत्र नटुटाई आठ दिनसम्म नै तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई शनिबार विशेष कार्यक्रम गरी प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको काठमाडौं बार एसोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी.विमल) ले जानकारी दिए ।
गत शनिबार सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलले उद्घाटन गरेको उक्त प्रशिक्षण तालिममा उक्त बार एसोसिएशनमा आवद्ध २९ जना कानून व्यवसायीहरु प्रशिक्षार्थीका रुपमा रहेका छन् । प्रशिक्षार्थीहरुलाई मेलमिलापको क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका वरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराईको प्रमुख प्रशिक्षणमा प्रशिक्षित गरिएको बताइएको छ ।
यसैगरी नेपाल मेलमिलापकर्ता समाजमा लागी प्रशिक्षकको रुपमा निरन्तर सक्रिय सतीश कुमार शर्माले प्रशिक्षार्थीहरुलाई व्यावहारिक ज्ञानसहित प्रशिक्षण दिइरहेको काठमाडौं बार एसोसिएशनका उपाध्यक्ष पुरुषोत्तम अधिकारीले ‘नयाँ विमर्श’ लाई जानकारी दिए ।
यसैगरी भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपाने, वरिष्ठ अधिवक्ताद्वय मातृकाप्रसाद निरौला र सुनिता रेग्मी पोखरेलले पनि प्रशिक्षण दिएको बताइएको छ । यस्तै, कानून व्यवसायी अन्जु कायस्थ, सीता अधिकारी लगायतले प्रशिक्षण दिएको अधिवक्ता संजिता सिलवालले जानकारी दिइन् ।
उक्त प्रशिक्षणबाट प्रशिक्षकका रुपमा आउने अधिवक्ताहरुमा शैलेन्द्र शर्मा गौडेल, शर्मिला नेगी, कौशीला गुरुङ, दीपेन्द्र बहादुर विष्ट, श्रृंगऋषि काफ्ले, श्रीकृष्ण न्यौपाने, कौशल कुमार भट्टराई, नारायण प्रसाद पौडेल, केदार प्रसाद आचार्य र ईश्वरी श्रेष्ठ रहेका छन् । यसैगरी महेश नेपाल, हरि प्रसाद डुम्रे, अर्जुन प्रसाद चालिसे, सन्तोष चौलागाई, डा.सभाना प्रधान, राधा जि.सी., दिनेशराज सत्याल, दल बहादुर धामी, वसन्त प्रसाद रिमाल र विशाल थापा रहेका छन् ।
यस्तै, अधिवक्ताहरु कमल कोइराला, शरद चन्द्र गौतम, नोर्बु लामा, लोकहरि पौडेल, सुरेन्द्र सिंह ऐर, चेतनाथ तिमल्सेना, दीपक कुमार साह, सन्तोष भण्डारी र पुरुषोत्तम अधिकारी पनि शनिबारदेखि प्रशिक्षकका रुपमा आउने भएका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *