वैदेशिक रोजगारको डिजीमा खत्री

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् । गत विहीबार श्रावण ३१ गते मात्र गृहमन्त्रालयबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका सूर्यबहादुर खत्रीले भाद्र २ गते आइतबारको मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारको जिम्मेवारी पाएका छन् ।
हाल विभागमा महानिर्देशक बनी मन्त्रालय फर्किएका छन् । तात्कालिन श्रम विभाग (हाल वैदेशिक रोजगार) हुँदा खत्री शाखा अधिकृत भएर काम गरेकोले म्यानपावर व्यवसायीहरुको बारेमा राम्रो जानकार भएकाले मन्त्री शरत्सिंह भण्डारीकै चाहनामा ल्याइएको समाचार श्रोतले बताएको छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव मुकुन्द निरौलालाई मन्त्री भण्डारीले नचाहेकै अवस्थामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पठाएपछि नतमस्तक बनेका थिए ।

मन्त्री भण्डारी सुशासनभन्दा कुशासनद्वारा म्यानपावर व्यवसायीहरुसँग रकम असुलउपर गर्न केन्द्रीत रहेको समाचार श्रोतले बताएको छ । मन्त्री भण्डारीको स्वार्थ महानिर्देशक घिमिरेसँग नमिलेपछि सरुवा गरिएको चर्चा चलेको छ । हालै सरुवा भएर आएका खत्री अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । त्योभन्दा अगाडि बाँके लगायतका जिल्लामा बसेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । विगतमा श्रम विभागमा बसेर काम गरेको अनुभवका हिसाबले वैदेशिक रोजगार विभागले काँचुली फर्ने र वैदेशिक रोजगारीमा जानेहरु ठगीमा नपर्ने आशा एवं विश्वास गरिएको छ । खत्री शक्तिकेन्द्र रिझाउन सिपालु भएको जानकारहरुले बताएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *