भादगाउँले टोपी उद्योग संघको सभा

Nayabimarsha (Weekly Newspaper from Nepal)

सन्जिव दुलाल

भक्तपुर/ घरेलु उद्योग प्रवद्र्धनमा सबै एक जुट हुनुपर्ने धारणा सरोकारवालाहरूले राखेका छन् । भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारणसभामा त्यस्तो धारणा राखेका हुन् ।
भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग संघले आफ्नो पहिलो प्रारम्भिक साधारणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरूले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । उनले यसको प्रवद्र्धनमा एक जुट भएर लाग्नुपर्ने धारणा राख्दै नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र प्रवद्र्धनमा विशेष पहल गर्दै आइरहेको बताए । उनले भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुःजुः धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको शानलाई अझ उच्च राख्न व्यवसायीहरूले निरन्तर यसको संवद्र्धन र प्रवद्र्धनमा लाग्नुपर्ने बताउँदै भक्तपुरका मौलिक बस्तुहरूको ट्रेडमार्क कायम गर्न सके अझ फलदायी हुने बताए ।
त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघा अध्यक्ष रोशनी मैयाँ धाबन्जाले भादगाउँले टोपी प्रयोगकर्ताहरू कम हुँदै जाँदा व्यवसायीहरू निराश देखिएको बताउँदै भक्तपुरको मौलिक टोपी प्रयोग गर्न सबैलाई उत्साहित गर्नुपर्नेमा जोड दिइन् ।
भादगाउँले कालो टोपी उद्योग संघा अध्यक्ष सीताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपीको प्रयोगलाई सरकारी कार्यालयका कर्मचारीहरूमा अनिवार्य गर्न सके यसको संरक्षणमा टेवा पुग्ने धारणा राखे ।
उक्त कार्यक्रममा सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला संघका अध्यक्ष शम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *