इनरुवा सेवा समाजको तीज

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भै हाल काठमाडौं उपत्यकामा बस्दै आएकाहरुले शनिबार तीजको अवसर पारेर कार्यक्रम गरेका छन् । इनरुवा सेवा समाजको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
नक्सालस्थित माहेश्वरी सदनमा गरिएको कार्यक्रममा एक सय ५० बढीको सहभागिता रहेको कार्यक्रमका संयोजक विष्णु भट्टराई फुयालले जानकारी दिइन् । कार्यक्रममा सहभागीहरुबाट थोरै रकम लिएर गुणस्तरीय तथा राम्रो ‘दर’ को व्यवस्थापन गरिएको जानकारी संजय अटलले दिए ।
पछिल्लो समयमा तीज कार्यक्रम भड्किलो हुँदै आएको भन्ने आरोप लाग्दै आएको स्थितिमा उक्त कार्यक्रम भने सभ्य तर भव्य रुपमा भएको जानकारी समाजका महासचिव सुमन घिमिरेले दिए । उनका अनुसार कार्यक्रममा विभिन्न विधा बनाई सहभागीहरुलाई पुरस्कृत गर्ने कार्य पनि गरिएको थियो । विभिन्न संस्था तथा प्रायोजकमार्फत वितरित पुरस्कारहरु विभिन्न प्रतियोगिता गराई बाँडिएको समाजका उपाध्यक्ष पुष्कर पोखरेलले जानकारी दिएका छन् ।
काठमाडौं विराटनगरको लागि हवाइजहाजको टिकटको व्यवस्था राजेश पोखरेलले गरेका थिए । यसैगरी अन्य घरायसी सामानहरु समेत प्रतियोगितामार्फत वितरण गरिएको थियो । समाजकै देवराज आचार्यले आफ्नो व्यापारिक कार्यमा प्रयोग गरिंदै आएका खाद्यबस्तुहरु मिसावटविनाको अवस्थामा राखेका थिए । उनले समेत प्रायोजन गरी त्यस्ता खाद्यबस्तुहरु उपलब्ध गराएका थिए ।
यसैगरी कार्यक्रममा डिआइजी कृष्ण शर्मा पौडेलको पनि उपस्थिति थियो । यसैगरी इनरुवा नगर प्रमुखमा उपविजेता बनेका सरोज पोखरेल तथा समाजका सल्लाहकार एवम् साहित्यकार सरिता अर्यालको पनि सहभागिता थियो ।
सहभागीहरुले विभिन्न किसिमका नाचगान गर्नुका अतिरिक्त बाल्यकालका साथीहरुसँग यो कार्यक्रममार्फत भेटघाटको अवसर मिलेको भनी प्रसन्नता प्रकट गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *