अष्ट्रेलियामा विद्यार्थी भिजामा कडाइ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा फेरि कटौती गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सन् २०२५ मा दुई लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्रै अध्ययन भिजा दिने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या घट्ने भएको हो ।
यसअघि बेलायत र क्यानडाले आप्रवासी विद्यार्थी नियन्त्रणको नीति लिएको थियो । त्यस्तै नीति अष्ट्रेलियाले अपनाउन थाल्दा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कमी आउने भएको हो । शिक्षामन्त्री जेसन क्लेयरले मंगलबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि तोकिएको सीमाका बारेमा जानकारी दिएका थिए । उनले नयाँ सीमाबारे विश्वविद्यालयहरूलाई सूचना दिने पनि बताए । उनका अनुसार नयाँ सीमा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या विश्वविद्यालयका लागि ए लाख ४५ हजार मात्र राखिएको छ । यसैगरी व्यावहारिक र सीपमा आधारित पाठ्यक्रमका लागि ९५ हजारसम्म सीमित गरिने भएको छ ।
सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सीमा तय गरेपछि कतिपय विश्वविद्यालयहरूले असन्तुष्टि जनाएका छन् । ठूला विश्वविद्यालयको संस्था ‘युनिभर्सिटिज अष्ट्रेलिया’ ले सरकारको यो निर्णयलाई असामान्य रुपमा लिएको बताएको छ ।
अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको चौथो ठूलो व्यावसायिक क्षेत्र हो । आर्थिक वर्ष सन् २०२२–२०२३ मा अर्थव्यवस्थामा यस क्षेत्रको योगदान ३६.४ अर्ब अष्ट्रेलियन डलर थियो । आप्रवासीहरूको बढ्दो संख्याबाट अष्ट्रेलियाका नागरिक असन्तुष्ट भएको भन्ने सर्वेक्षण आएपछि अष्ट्रेलियाको सरकारले कडाइ गर्न थालेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *