अन्तर्राष्ट्रिय विद्यार्थीका अभिभावकहरुको संस्था

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विदेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी (इन्टरनेशनल स्टुडेन्ट्स्) हरुका अभिभावकहरुलाई समेट्ने गरी संस्था (कम्पनी) दर्ता भएको छ । विश्वका विभिन्न देशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका अभिभावकहरुलाई समेट्ने गरी इन्टरनेशनल स्टुडेन्ट्स् प्यारेन्ट वेलफेयर सेन्टर नेपाल नामक संस्था दर्ता गरिएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा उक्त संस्था (कम्पनी) दर्ता भएको संस्थाका अध्यक्ष कौशल कुमार भट्टराईले जानकारी दिए । ‘नयाँ विमर्श’ साप्ताहिकका सम्पादक समेत रहेका भट्टराईले विदेशमा पढिरहेका विद्यार्थीहरुको अभिभावकहरुलाई एउटा छातामुनि ल्याएर विद्यार्थी र अभिभावकका भावनाहरुलाई समेट्ने उद्देश्यले संस्था दर्ता गरिएको जानकारी दिए ।
विदेशमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थालाई अभिभावकको आँखाबाट कसरी हेर्न सकिन्छ भनी संस्था दर्ता गरिएको बताइएको छ । नेपालमा रहेका अभिभावकहरुलाई समेटी विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने, विद्यार्थी र अभिभावकलाई केन्द्रित गरी तालिम, गोष्ठी आदि संचालन गर्ने उद्देश्य पनि संस्थाले लिएको बताइएको छ ।
यसैगरी अभिभावकहरु संगठित भएको अवस्थामा उनीहरुको राम्रा नराम्रा अवस्थालाई एकअर्कामा बाँड्नका लागि पनि यस्तो संस्था दर्ता गर्नु आवश्यक देखिएकाले आपूm पनि संस्थापक सदस्य रहेको प्रकाश गैरेले बताए । उक्त संस्थामा हरि बहादुर विश्वकर्मा, राजु प्रसाद अर्याल, सीता निरौला र लीला दाहाल संस्थापक सदस्यका रुपमा रहेका छन् ।
विदेशमा रहेका विद्यार्थीहरुका अभिभावकहरुलाई एउटै मालामा उन्ने उद्देश्य संस्थाले लिएको छ । संस्थामा आवद्ध हुनका लागि प्रमुख मापदण्ड नै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको अभिभावक हुनु रहेको छ । यसरी अभिभावकहरुलाई समेट्दै लाने तथा उनीहरुको संख्या उल्लेख्य भएपछि विभिन्न देशलाई समेट्ने गरी उपसमितिहरु (च्याप्टर) बनाइने बताइएको छ ।
यसरी प्याप्टर बनाएर उनीहरुका सन्तानहरुलाई समेत एउटा सञ्जालमार्फत समेट्ने तथा विद्यार्थीहरुको सञ्जाललाई नेपालमा रहेका अभिभावकहरुको सञ्जालमार्फत जोड्ने उद्देश्य लिइएको बताइएको छ । यसरी अभिभावकहरु समेटिएको अवस्थामा विद्यार्थीहरुको हक हितका अतिरिक्त नेपालमा रहेका अभिभावकहरुको हक हितलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु संचालन गर्ने उद्देश्य पनि लिइएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *