‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ हिमाल मल्टिमिडिया प्रा.लि.द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ ।
पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । आउँदो असोज ५ गते शनिवार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा विहान १० बजेदेखि उक्त कार्यक्रम शुरु हुने बताइएको छ ।
कार्यक्रम विशेषतः कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने बताइएको छ । वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयबस्तु कार्यक्रममा समेटिने आयोजकले जनाएको छ । महानायक राजेश हमालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी भएको बताइएको छ । उक्त शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्त्र्यप्रति नेपालमै रहन सक्ने आधारसहित र विदेश पढ्न जाने योजना भएकाहरुलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल हुने बताइएको छ ।
हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिहरुसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ । व्यवस्था मिलाइएको छ ।
यसैबीच विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अभिभावकहरुलाई संगठित गर्दै जाने उद्देश्यले एउटा संस्था पनि दर्ता भएको छ । ‘नयाँ विमर्श’ साप्ताहिकका सम्पादक कौशल कुमार भट्टराईको अध्यक्षतामा इन्टरनेशनल स्टुडेन्ट्स् प्यारेन्ट वेलफेयर सेन्टर नेपाल नामक संस्था दर्ता भएको हो । मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा उक्त संस्था दर्ता गरिएको हो । उक्त संस्थाले विद्यार्थीहरुको समस्याका अतिरिक्त नेपालमा रहेका अभिभावकहरुको अवस्थालाई समेत हेरेर सामाजिक कार्य गर्ने संस्थाका संस्थापक प्रकाश गैरेले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *