आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालमा आजदेखि अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु हुने भएको छ । भोलि शनिबारसम्म चल्ने यो सम्मेलनमा विभिन्न देशबाट ३१ जना विदेशी साहित्यकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको आयोजनामा हुन गैरहेको यो सम्मेलनमा विदेशीका अतिरिक्त नेपाली बालसाहित्यकारहरुको समेत सहभागिता रहने बताइएको छ । मेचीदेखि महाकालीसम्मका बालसाहित्यमा कलम चलाउनेहरु यो सम्मेलनमा सहभागी हुन आइसकेको जानकारी प्रचार प्रसार उपसमितिका संयोजन अनन्त वाग्लेले जानकारी दिए ।
विदेशबाट आउने सहभागीहरुलाई खाने, बस्ने तथा घुम्ने प्रबन्ध आयोजकले नै मिलाएका छन् । उनीहरुले सहभागिता शुल्क तिर्नु नपर्ने बताइएको छ । यसैगरी नेपालबाट सहभागी हुन आउनेहरुका लागि खाने तथा कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइए पनि बसोबासका लागि भने स्वयम्ले व्यवस्था मिलाउनुपर्ने बताइएको छ । दुईसम्म चल्ने यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो ।
सम्मेलनमा विभिन्न शीर्षकमा कार्यपत्रहरु प्रस्तुत गरी तिनीहरुमाथि छलफल गरिने बताइएको छ । यसैगरी तेस्रो दिन विदेशी सहभागीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराउने कार्यसूची पनि आयोजकले सार्वजनिक गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *