भौतिकमन्त्रीको ध्यान सडक र लाइसेन्समा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत भदौ २ गते पत्रकार सम्मेलन गरी आगामी दिनमा मन्त्रालयले अगाडि बढाइरहेका विषयको जानकारी गराएका छन् । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पमा राष्ट्रिय परिचयपत्र सातवटै प्रदेशमा लागू गर्ने गरी दाहालले बताएका छन् ।
यसैगरी रुग्ण ठेक्काका बारेमा मन्त्रालयका सहसचिव ई. अर्जुन अर्यालको संयोजकत्वमा समिित समेत गठन भएको जानकारी दिएका छन् । समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । बाढी पहिरोका कारण कुनै पनि सडकमा समस्या आए दुई घण्टाभन्दा बढी रोकिनु नपर्ने समेत बताएका छन् । यस्तै बजेटको अभावमा अगाडि बढन नसकेको राष्ट्रिय गौरवmका आयोजना र निर्माणका क्रममा रहेका सडकहरुलाई बजेटको अभाव हुन नदिने बताएका छन् ।
यसरी समस्याग्रस्त सडक र लाइसेन्समा भौतिकमन्त्रीको जोड रहेकोले समस्याको चाँडी समाधान हुने आशा एवं विश्वास गरिएको छ । निर्माण व्यवसायीहरुको वक्यौता रकमको भुक्तानीमा पनि मन्त्री दाहालले चासो राखेको मन्त्रालय श्रोतले बताएको छ । मन्त्री दाहाललाई भौतिक मन्त्रालयको बारेमा विस्तृत जानकारी नभए पनि मन्त्रालयका अनुभवी एवं विकास र कर्मचारीहरुको आनीबानी बुझेका सचिव केशवकुमार शर्माका कारण सहज हुने ठानिएको छ ।
यता, मन्त्रालयले लामो समय बसेका प्राविधिक सहसचिव (सुई) हरु र सिडिइहरुको सरुवा पनि गर्ने तयारी भैरहेको समाचार श्रोतले बताएको छ । सिडिइहरुको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलियाको नाम जोडिएको छ । यसबारे थपलियालाई बुझ्न खोज्दा सम्पर्क हुन सकेछ ।
उता, विकासप्रेमी मन्त्री दाहाललाई बदनाम गराउन मन्त्रालय बाटुवाटारले चलाएको समेत आरोप लागेको छ । यी सबै आरोपहरुलाई मन्त्री दाहालले परिणामबाट देखाउने बताइएको छ ।
लामो समयसम्म यात्रुहरुले कष्ट भोग्न बाध्य मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक लगायतका सडक आगामी दशैं तिहारपछि स्तरोन्नति भै गती लिने आशा एवं विश्वास गरिएको छ । कर्मचारीहरुको सरुवामा पनि विगतको जस्तो बेथिति र बोल कबोल प्रवृत्ति कम हुने सरोकारवालाहरुको भनाइ रहेको छ । विगतमा सुई र सिडिइ तथा योजना प्रमुखहरुको सरुवामा विकृति मौलाएको श्रोतको कथन छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *