शैक्षिक परामर्शदातालाई मन्त्रालयको निर्देशन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयले तीनवटा शर्त पालना गर्न निर्देशन दिएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूले पालना गर्नैपर्ने भनी मन्त्रालयले निर्देशन दिएको हो ।
यसरी परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा शैक्षिक परामर्शदातृ संस्थाहरूले नेपालका विश्वविद्यालयहरू, तिनमा पढाइ हुने कार्यक्रमहरू र नेपालमा प्राप्त हुने अवसरहरूको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने छ ।
यस्तै, मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नुपर्ने कुरालाई दोस्रो सर्तको रुपमा मन्त्रालयले निर्देशन दिएको छ ।
नवीकरण भएका वा मन्त्रालयमा नवीकरणका लागि प्रक्रिया पूरा गरेका संस्थाहरूलाई मात्र सहभागी गराउने मन्त्रालयले प्रस्ट पारेको छ । परामर्श सेवामार्फत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरू कुनै पनि समस्यामा परेको प्रामाणिक उजुरी प्राप्त भएमा मन्त्रालयबाट प्रदान गरिएको स्वीकृति तुरुन्त रद्द हुने मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *