काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेका छन् । गत असोजको पहिलो साता विभागको महानिर्देशक डा. संगीता मिश्रलाई मन्त्रालयमा तानेर डा. विकास देवकोटालाई जिम्मेवारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सबैभन्दा आकर्षक मानिने स्वास्थ्य सेवा विभागमा पछिल्लो समय महानिर्देशक, संगीता मिश्रको सेटिङ्गमा विभागमा ब्रम्हलुट चलेको जानकारहरुले बताएका छन् । कुशासन, भ्रष्टचार र वेथितिको जरो उखेल्न काँग्रेसका प्रखर युवा नेता पौडलले मिश्रको चलखेल र भ्रष्टाचारले आफ्नो समेत बदनाम हुने सम्भावना बढेपछि डा. देवकोटालाई पठाएको समाचार श्रोतले बताएको छ ।
डा. देवकोटा पनि विभागको महानिर्देशक बनेपछि मिश्रजस्तै चलखेलमा लाग्ने हुन कि भन्ने चर्चा चलेको छ । स्वास्थ्य सेवा विभागमा केही भ्रष्ट कर्मचारीहरु र विचौलियाको रजगज चल्दै आइरहेको सरोकारवालाहरुले बताएका छन् । एउटा कुहेको आलुले बोराको सबै आलुलाई बिगार्छ भने झै डा. मिश्रको कार्यशैली र द्रव्यमोहका कारण विभागका इमान्दार कर्मचारीहरु पनि निशानामा परेको समाचार सूत्रले बताएको छ ।
मिश्रका श्रीमान् जसपा र जनमत पार्टीको दलबदल नेता बनेर कहिले यता कहिले उता स्वास्थ्यपूर्ति गर्दै आइरहेको मधेशवादी एक नेताले जानकारी दिएका छन् । पछिल्लो समय उपेन्द्र यादव र प्रदीप यादव स्वास्थ्यमन्त्री हुँदा डा. मिश्रले स्वास्थ्य सेवा विभाग भन्दा आफ्नो आर्थिक सुधारका लागि स्वास्थ्य सेवा विभागको अरबौंको खरिद टेन्डरमा सप्लाएरहरुबाट अग्रीम कमिसन लिने गरेको आरोप लागेको छ ।
स्वास्थ्य सेवाविभागका अधिकांश ठूला टेन्डरहरुमा मोटो कमिसन खान पल्केकी डा. मिश्रको गन्ध र विभागको वेथेति डा. देवकोटाले कसरी अन्त्य गर्छन् त्यो भने हेर्न बाँकी नै छ । वर्षाैदेखि भ्रष्टाचार, कमिसन र वेथिती मौलाउँदै आइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रदीप पौडेल स्वास्थ्यमन्त्री बनेपछि केही सुधारका संकेतहरु देखिएका छन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा देवकोटा
Facebook Comments Box