मालपोत विभागको सरुवामा आर्थिक गन्ध

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत असोज १५ गते करिव दुई दर्जन उपसचिवहरुको सरुवा गरेको छ । असोज १५ गतेपछि सरुवा गर्न नपाइने व्यवस्था अनुसार मन्त्रालयले अन्तिम दिन मालपोत प्रमुख (उपसचिव) हरुको सरुवा गरिएको हो ।
मन्त्रालयले गरेको सरुवामा उपत्यकाको मालपोत प्रमुखहरुमा डिल्लीबजार मालपोत बाहेक अरुमा पुरानैले निरन्तरता पाएका छन् । डिल्लीबजार मालपोत कार्यालयको प्रमुखमा मन्त्रालयले लोकबहादुर भण्डारीलाई पठाएको छ । उपत्यकाका मालपोत कार्यालय कलंकी, चाबहिल, साँखु, ललितपुर, भक्तपुर लगायतका ठाउँमा सरुवा हुन उपसचवहरुको शक्तिकेन्द्रमा दौधधूप चलेको थियो ।
मन्त्रलायले पुरानै हाकिमबाट शुभलाभ लिएर नयाँलाई हिस्स बनाई दिएको समाचार श्रोतले बताएको छ । मन्त्रालयले नयाँ पोष्टिङ भएर आएकाहरुलाई उपत्यका बाहिर सरुवा गरेको छ ।
यता, भूमि व्यवस्थापन तथा अभिलेख विभागले एकै पटक असोज १५ गते रातिसम्म लगाएर करिब दुई सय कर्मचारीहरुको सरुवा गरेको बताइएको छ । विभागको सरुवामा नासुदेखि मालपोत अधिकृत बढी रहेको श्रोतले जानकारी दिएको छ । निजामती ऐन तथा सरुवा मापदण्डमा कर्मचारीहरुलाई दुई वर्ष पूरा नभएसम्म सरुवा नगर्ने व्यवस्था भएपनि भ्रष्टाचारको केन्द्रविन्दु मानिँदै आएका मालपोत कार्यालयहरुमा राजनतिक शक्ति र आर्थिक चलखेलका कारण सरुवा हुने गरेको कैयौं उदाहरणहरु रहेका छन् ।
यसैबीच भर्खरै विभागको महानिर्देशक बनेका कृष्ण सापकोटाले सरुवामा अधिकृत र नासुहरुबाट आर्थिक चलखेल गरी उपत्यकाबाट उपत्यकामै सरुवा गरेको जानकारहरुले बताएका छन् । महानिर्देशक सापकोटालाई हालका गृहसचिव गोकर्णमणि दुवाडी भूमि सुधारमा हुँदा पठाएका हुन् ।
महानिर्देशक सापकोटा आर्थिक चलेखल लगायत शक्तिकेन्द्र रिझाउन खप्पिस रहेको भुक्तभोगीहरुले बताएका छन् । सरकारले जतिसुकै सुशासन र भ्रष्टाचारको न्यूनीकरण गर्ने संकल्प लिए पनि मालपोत र नापी कार्याहरुमा खुलेआम विचौलिया, जग्गा दलाल र लेखनदारहरुमार्फत भ्रष्टाचार हुने गरेको उदाहरण भक्तपुर मालपोतमा देख्न पाइने समाचार श्रोतले बताएको छ ।
राज्यबाट अनुगमन र नियमन नहुँदा मालपोतका डिजी नै भ्रष्टाचारको चास्नीमा डुब्ने गरेको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *