काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुधारले ३० देखि ३५ प्रतिशत उडानहरु कटौती भएका छन् । यसका कारण भैरहवाको गौतमबुद्ध विमानस्थललाई आंशिक राहत मिलेको छ । अहिले गौतमबुद्ध विमानस्थलबाट नेपाल वायु सेवा निगम, फ्लाई दुबई, कतार एयर र जजिरा एयरलाइन्सले दैनिक रुपमा उडान गर्दै आइरहेका छन् ।
गौतमबुद्ध विमानस्थल सञ्चालन भए पनि भौतिक पूर्वाधारको अभावमा यात्रुहरुले सास्ती व्यहोर्दै आइरहेका छन् । यात्रुहरुलाई स्वास्थ्य परीक्षण गर्न र श्रम गर्न काठमाडौं नै आउनु पर्ने बाध्यता रहेको छ । गौतमबुद्ध विमानस्थलमा भएको उडानले पर्यटक तथा पर्यटन व्यवसायीहरु भने उत्साहित बनेको जानकारहरुले बताएका छन् ।
चीनसँग अर्बौ ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा नेपाल सरकारलाई साँवाब्याज तिर्न सकस परेको समाचर श्रोतले बताएको छ । पोखरा विमानस्थल एक्जिम बैंकको २६ अर्ब सहुलियत ऋणमा २०७२ मा सम्झौता भई २०७३ बाट निर्माण कार्य शुरु भै २०७९ पुस २७ गते सम्पन्न भएको थियो ।
पोखरा विमानस्थललाई चीनले बीआरआई अन्तर्गत निर्माण भएको दाबी गर्दै आइरहेको छ । चीन सरकारको ऋणमा बनेको पोखरा विमानस्थललाई सरकारले अनुदानमा परिणत गर्न अनुरोध गरेको श्रोतले बताएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आसन्न चीन भ्रमणका बेला ऋण मिनाहा गराउन सके राहत हुने बताइएको छ । यता, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि पोखरा विमानस्थल सञ्चालनमा चासो देखाए पनि फलदायी बन्न सकेको छैन ।
नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको दोहनमा परेको पोखरा विमानस्थललाई सरकारले सञ्चालनमा ल्याउन सके पर्यटकीय नगरी पोखराले थप काँचुली फर्ने जानकारहरुले बताएका छन् । पोखरा विमानस्थलको निर्माणमा महानिर्देशक अधिकारीले ठूलो रकम घोटाला गरेको आरोप लागेको छ ।
गौतमबुद्ध विमानस्थललाई राहत, पोखरालाई आहत
Facebook Comments Box