जनमोर्चा गठबन्धनबाट अलग्गियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । पाँच दलीय गठबन्धनबाट एक सिटे राष्ट्रिय जनमोर्चा अलग भएको छ । चित्रबहादुर के.सी. नेतृत्वको राष्ट्रिय जनमोर्चामा दुर्गा पौडेल सांसद् छिन् । सांसद् पौडेल कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी पत्नी हुन् । सांसद् पौडेल गठबन्धन सरकारमा मन्त्री बन्ने अवसर आउँदा पनि सरकारलाई बाहिरै बसेर समर्थन गर्दै आएकी थिइन् ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले २०७७ साल पुस ५ गते संसद् विघटन गरेपछि संविधानको रक्षा र मुलुकलाई दुर्घटना हुनबाट जोगाउनका लागि पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सहभागी भएको थियो । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पारित गर्ने अडान लिएपछि राष्ट्रिय जनमोर्चाले सरकारमा रहेका चार पार्टीले एमसीसी संसद्बाट पारित गराउन षड्यन्त्र, जालझेल, तिकड्म र साम्राज्यवादीहरुको दलाली गरेर देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध लागेको भन्दै पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्ने औचित्य समाप्त भएको बताएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष के.सी. तात्कालीन सरकारको उपप्रधानमन्त्री हुँदा नै एमसीसीको बहस चलेको अवस्थामा त्यसको बाछिटा जनमोर्चालाई समेत परेको जानकारहरुले बताएका छन् । गठबन्धन आजभन्दा आठ महिना अगाडि मात्र गठन भएको थियो । राष्ट्रिय जनमोर्चा जनमत नभएको दल भन्ने गरिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *