सापकोटाले शरु गरे सडकमा साइनिङ लाइट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले काठमाडौँका सडकलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिपरेका छन् । दुई महिनापछि अनिवार्य अवकाश हुन लागेका सापकोटाले थानकोटदेखि धुलिखेलसम्म सडकमा साइनिङ लाइट राख्नका लागि टेन्डर भइसकेको बताएका छन् ।

आजसम्मका कुनै पनि महानिर्देशकहरुले सडक दुर्घटनाका लागि न्यूनीकरण गर्ने साइनिङ लाइटप्रति चासो दिएका थिएनन्, जुन सापकोटाले दिएका छन् । त्यसैगरी, काठमाडौँ उपत्यकाका खाल्डाखुल्डी सडकलाई चिल्लो पारेर अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यसमेत गरिसकेको विभाग स्रोतले जानकारी दिएको छ ।

सरकारले अध्यादेशमार्फत् कर्मचारीहरुको उमेर हद ६० वर्ष बनाए, सापकोटाले सडकमा प्रशस्त सुधारका कामहरु गर्ने विभागका जानकारहरुले बताएका छन् । सरकारले ६० वर्ष उमेर हद अध्यादेशमार्फत् निकट भविष्यमै ल्याउने तयारी गरेको सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको छ ।

सडकको वर्तमान संरचना र संगठनप्रति व्यापक सुधारको पक्षमा रहेका महानिर्देशक सापकोटाले कुल ८० वटा सडकलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन् । भेरियसन र ठेक्को म्याद थप जस्ता कार्यले हाल सडकहरु दयनीय अवस्थामा रहेको र मोबिलाइजेसन लिएपछि सडकको कामै नगर्ने निर्माण व्यवसायीहरुको प्रवृत्तिले सडकहरु रुग्ण र जीर्ण बन्दै आइरहेका छन् । यस्तो प्रवृत्तिप्रति पनि डिजी सापकोटाले असन्तुष्टि जनाएको समाचार स्रोतले बताएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी (पुष्पलाल) राजमार्गको प्रगतिप्रति सापकोटा सन्तुष्ट नरहेको बताइएको छ ।

समय पाए सडकमा चमत्कार गर्ने सापकोटालाई समयले नै साथ दिन्छ कि दिँदैन भनी चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *