काठमाडौं/ गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले यस्तो सिफारिस गरेको हो । डीआईजी कुवेर कडायत र रवीन्द्र के.सी.लाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ । कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् भने के.सी. प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत् छन् ।
प्रहरीमा हुने सरुवा, बढुवालाई लिएर प्रायजसो सधैं विवाद आउने गर्दछ । उनीहरुको सिफारिसलाई लिएर अहिलेसम्म विवाद नआएको पनि स्रोतले उल्लेख गरेको छ ।
Facebook Comments Box