काठमाडौं/ काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअं जयनारायण आचार्यलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । आचार्यसँगै अन्य सात जिल्लाका प्रजिअहरु पनि फेरिएका छन् ।
काठमाडौंका आचार्य लगभग चार महिनामै परिवर्तन भएका हुन् । आचार्य २०८१ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट काठमाडौंको प्रजिअ बनेका थिए । आचार्यभन्दा अगाडि जितेन्द्र बस्नेत काठमाडौंको प्रजिअ थिए । गृहमन्त्री रमेश लेखकले गत पुस २२ गतेको मन्त्रीस्तरीय निर्णयबाट काठमाडौंको प्रजिअमा मन्त्रालयमा कार्यरत ऋषिराम तिवारीलाई नियुक्त गरेका छन् ।
आर्चायसँगै सुनसरी, कैलाली, सर्लाही, मोरङ, झापा र सल्यानका प्रमुख जिल्ला अधिकारीहरु पनि सरुवा भएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री लेखकले करिव ६ महिनाको अवधिमा काठमाडौंमा तीनजना प्रजिअहरु परिवर्तन गरेका छन् ।
प्रशासनिक दक्षता वृद्धि प्रभवाकारी कार्यान्वयनमा सुधार ल्याउन र सुशासन तथा चुस्तदुरुस्त शान्तिसुरक्षा कायम गर्न प्रजिअहरुको सरुवा गरेको बताइएको छ । काठमाडौंका आचार्यको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर सर्वोच्च अदालतले फैसला गरेपछि उनी विवादमा परेका थिए ।
काठमाडौंका प्रजिअ फेरिए
Facebook Comments Box