भक्तपुर/ नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
भक्तपुरमा आयोजित सङ्घको भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहालसहित १७ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षद्वयमा नवराज श्रेष्ठ र रवीन्द्र खड्का, सचिवमा सुरज खड्का, सहसचिवमा पवन बस्नेत, कोषाध्यक्षमा यज्ञराज भट्ट निर्विरोध चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा मनोज बुढाथोकी, पूर्णबहादुर भुट्ट, लक्ष्मण थापा, मखन सिंह लामा, दिने खड्का, विनोद साख, तीर्थमान लामा, विजेश कार्की, रामेश्वर साख, श्याम सुन्दर श्रेष्ठ र सोनाम लामा पनि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा मखनसिंह लामा, लक्ष्मण थापा, नवराज श्रेष्ठ, दिनेश खड्का, माधव वन र राजकुमार बाटा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गोकर्ण पुरी, तीर्थमान तामाङ, पवन खत्री, लक्ष्मण भुट्ट श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
उक्त अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गरेका थिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेशसभाका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेल लगायतको उपस्थिति थियो ।
