‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

Nayabimarsha (Weekly Newspaper from Nepal)

सगीता सुवेदी
साहित्यप्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यथार्थ र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उजागर गर्छ । त्यसकारण साहित्य जीवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै बिर्सजन गरेर लयबद्ध जीवन जिउन सघाउँछ । जीवनमा दुःखमा पनि सुख खोज्न साहित्यले नै भूमिका खेल्छ ।
हो, यही अमर विद्याका एक होनाहार सर्जक हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनका कालजयी सिर्जना र साहित्य आज पनि अमर छन् । उनका सिर्जनाहरु कति गीत बनेर गुन्जीरहेका छन् कति कविता बनेर गुन्जीरहेका छन् । कति कथा बनेर अमर, अजर छन् ।
तिनै महान सर्जकका कविता र सिर्जनाहरु माथि गहन समिक्षा गर्दै जन्मिएका साहित्यकार स्वयम्भु शाक्यको ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ पुस्तक नेपाली साहित्यको अमूल्य सामग्री हो । युगकवि सिद्धिचरणले बाँचेको त्यो इतिहास र त्यो बेलाको समय र साहित्य बुझन् उक्त पुस्तक अत्यन्त महत्वपूर्ण छ । कविताहरुमार्फत युगकविले त्यो युगमा कसरी आफना भावानाहरु बुलन्द गरे ? समयका आवाजहरु कसरी गुजिन्ए ? भन्ने कुरा पुस्तकमा पढन र महसुस गर्न सकिन्छ । पुस्तकका लेखक शाक्यले युगकविका कविताहरु माथि खुब न्याय गरेका देखिन्छन् ।
खुब प्रेमभाव दर्शाएका देखिन्छन् । त्यसकारण यस पुस्तक युगकवि सिद्धिचरणका साहित्य रचनामाथि अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो भन्दा अत्तियुक्ति हुने छैन । स्वयम्भु शाक्यले युगकविको ‘नयाँ बर्ष’ शिर्षकको कवितामाथि यसरी प्रकाश पारेका छन् ।
‘पात पुराना झरिरहेका देख्दैनौं ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचहल्याउन सरस बसन्त यहाँ’
शाक्य लेख्छन् ‘पातहरु पुराना हुनु समयले पातहरु गलाउनु हो । पुराना वृक्षमा नयाँ पातहरु हुनेछन् । पुराना वृक्षमा वसन्तको आगमनसँगै नयाँ पातहरु पलाउने छन् । हेर्दै लोभलाग्दोे हरियो भएर हावाका झोक्काहरुसँगै पातहरु पनि मस्त भएर आप्mनै धुनहरुमा गीतहरु गाउँने छन् । पुस्तकमा लेखक शाक्यले युगकविका कविताहरुमा सुन्दर एवं सकारात्मक दृष्टिकोण राखेका छन् । युगकविकै लयलाई पछ्याउँदै प्रकृति र जीवनका यथार्थहरुको बयान गरेका छन् ।
वास्तम्वमा युगकविका रचनाहरु आज पनि उत्तिकै यर्थातपरक छन् । जीवन र जगतको यर्थातलाई कवितामार्फत पस्कने कविले कविता मात्रै लेखेका छैनन् झणभरङ्ग निराशाहरुमा पनि डुबिरहने मानव जगतलाई बाँच्ने तरिका र अभिलाषाहरु सिकाएका छन् । युगकविले स्वार्थी हुँदै गएका मानिसहरुप्रति व्यंग्य गर्दै ‘मानिस छैनन्’ कविता पस्केका छन् ।
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौंला ती रङ्गीचङ्गी लुगालाई
नक्कल, झक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन ?
म भन्छु तिनीहरु त पुतली हुन् पुतली
पुतलीहरुले पनि कहीँ तिमीहरुको क्रन्दन सुन्छ ?
शाक्यले पुस्तकमा आफना भावपंक्तिं यसरी कोरेका छन् ‘के रहस्य होला, मान्छे विवेक भएर पनि किन आफ्नो बाटोमा हिँड्न नसकेको होला ? अनौठो लाग्छ, यो अनौठो संसारभित्र अनौठो तरिकाबाटै हाम्रो जीवनलीला समाप्त हुनेछ । यो छोटो जीवनमा बुभ्mदा बुभ्mदै बुझन् नपाउँदै मान्छेहरु त्यसै सुत्नेछन् । हामी त बाँचेर पनि केहि गर्न नसक्ने जिउँदो मुर्दा हुनेछौं ।’
यस्ता कयन कविताहरुमाथि लेखकले जीवनको यथार्थको धरातलमा उभिएर समीक्षा गरेका छन् । यसले युगकविका कविताको ओझ बढाएको छ । कविताको भावनाहरु प्रकाश पारेको छ । कविता पढ्नलाई अझै प्रेरित गरेको छ । यति हँुदा हुँदै लेखक शाक्य कतिपय ठाउँमा दोहोरिएका छन् । कतिपय कवितामाथि बढ्तै भावनामा डुबेका छन् र समीक्षा लम्बेतान भएको छ । तर पनि यस पुस्तकले युगकविका रचनाहरुलाई असाध्यै न्याय गरेको छ ।
यस पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तव्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा. फणिन्द्रराज निरौलाले प्रकाश पारेका छन् । त्यसैगरी युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले पुस्तकमाथि टिप्पणी गर्दै भनेका छन् ‘युगकवि सिद्धिचरणका कविता र खण्डकाव्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपूर्ण दस्तावेज भएको छ ।’
लेखक शाक्यले यस पुस्तकमा ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भीमसेन थापा शीर्षकको खण्डकाव्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पृष्ठको छ । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *