गायिका देविका बन्दनालाई सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ ।
संस्थाका नेपाल प्रतिनिधि तीर्थराज आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा गायिका देविका बन्दना, गायिका कुन्ती मोक्तान, गायक यशकुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीलगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संयोजन संगीतकार टीका दाहालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गायिका बन्दनासँगै बौद्ध धर्मगुरु टुल्कु कर्मा साङ्गपो रोका (सम्सारा गुरू) पनि सम्मानित हुनुभएको थियो । इन्टरनेशनल नेप्लिज कम्युनिटीले गायिका बन्दनाको हौसला अभिवृद्धिका लागि बन्दनाद्वारा लिखित ध्ष्ललभच ’क न्बभि (जित्नेको हाँसो) पुस्तकका ५० प्रति खरिद गरेको थियो ।
विश्वभर विभिन्न पेशा, व्यवसाय तथा श्रम क्षेत्रमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय नेपाली तथा नेपालीभाषी युवाहरूको समूहले स्थापना गरेको संस्थाको रुपमा इन्टरनेशनल नेप्लिज कम्युनिटी रहेको बताइएको छ । यो संस्थाले व्यक्तिगत, सामाजिक र राष्ट्रिय उन्नयनका लागि समर्पित भएर कार्य गर्दै आएको छ ।
हाल अमेरिका निवासी सुजेश लामाले संस्थाको प्रमुख लक्ष्य विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायलाई एउटै छातामुनि ल्याई सामाजिक, शैक्षिक, स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान पु¥याउनु रहेको बताउनुभयो । संस्थाले हालसम्म सामाजिक सञ्जालमार्फत स्वास्थ्य, साहित्य, कानूनी परामर्श र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *