जिल्ला अधिवेशन सकेपछि काँग्रेसमा लहर

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर l नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत थाँतिरहेका १६ वटा जिल्ला अधिवेशन सकिएपछि कांग्रेस चुनाव केन्द्रित भएर सक्रिय भएको छ । गत फागुन ३० गतेबाट सबै जिल्लाको अधिवेशन सकिएको कारण स्थानीय निर्वाचनलाई केन्द्रमा राखी कांग्रेसले आप्mनो पक्षमा लहर ल्याएको हो ।

गत मंसिरमा काँग्रेसको १४ औँ महाधिवेशन हुँदा ६१ जिल्लाको मात्र जिल्ला अधिवेशन भएका थिए । क्रियाशील सदस्यता विवादका कारण मधेश प्रदेशका आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, सिराहा र महोत्तरीका अतिरिक्त सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, चितवन र कैलालीलगायतका जिल्लाहरुमा जिल्ला अधिवेशन रोकिएका थिए ।

काँग्रेसको जिल्ला अधिवेशन सम्पन भएपछि गत फागुन २९ गतेबाट ‘घर—घर जाउँ, काँग्रेसलाई जिताउँ’ एक महिने अभियान शरु भइसकेको छ । यतिबेला काँग्रेसका केन्द्रीय प्रतिनिधिहरु ७७ वटै जिल्लाका वडा र टोलटोलमा मतदातासँग मत माग्न व्यस्त छन् । आ—आफ्नै टोलमा व्यस्त रहन र खटिन काँग्रेसको निर्देशनपछि कार्यकर्ताहरु उत्साहित बनेर बा, आमा, दाजुभाइ एवं दिदीबहिनीसँग मत माग्न सक्रियरुपमा लागिपरेका छन् ।

यो चुनावमा काँग्रेसको व्यापक लहर आएको भनी भन्न थालिएको छ । खासगरी, एमालेका २०७४ सालका जनप्रतिनिधिले करको भारी बोकाई वाक्कदिक्क बनाएपछि जनता काँग्रेसप्रति आकर्षित भएका छन् । भ्रमको खेती, भूmठको राजनीति र विकास निर्माणको नाममा जनप्रतिनिधिले आफ्नो स्वार्थ पूरा गरेपछि जनताले काँध फेर्न चाहेका छन् ।

यसैबीच, काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी मुख्यालय सानेपामा बस्ने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठकले संसदीय बोर्ड गठन र गठबन्धनलगायतका विषयमा निर्णय गर्ने काँग्रेस स्रोतले जानकारी दिएको छ । काँग्रेसले यस पटक जित्नेलाई मात्र टिकट दिने हिसाबले यही चैत १५ गतेभित्र देशका ७७ वटै जिल्लाको प्रतिवेदन केन्द्रमा पठाउन सर्कुलर जारी गरेको छ ।

टिकटका उम्मेदवारहरु नेताको घरदैलो धाउन थालेको र चैतको अन्तिम साताभित्र उम्मेदवारहरुको नाम टुङ्ग्याउने कसरत काँग्रेसले गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *