मन्त्री झाँक्रीको आतंक रोक्न सिंह पुनः शहरीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको आतंक र एकलौटीप्रति व्यापक गुनासो बढेपछि सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी उक्त ठाउँमा पुनः रमेशप्रसाद सिंहलाई ल्याइएको छ ।

गत २०७७ साल मंसिर १५ गते सेटिङ गरेको आरोपमा सिंहलाई सरुवा गरिएको थियो । सचिव गेलाल तीन महिना १८ दिनपछि सरुवा भएका हुन् । सचिव गेलाललाई एमालेको चार्ज लगाइएको छ भने सिंहलाई काँग्रेस निकट ठानिएको छ । सिंह शहरी विकास मन्त्रालय र मतदाताका कार्यालयको बारेमा राम्रो जानकार भएका सचिव हुन् ।

पिर्कामन्त्रीको रुपमा चर्चित मन्त्री झाँक्रीले मन्त्रालयमा सचिव र उच्च पदस्थ कर्मचारीहरुसँग समन्वय नगरी एकलौटी हिसाबले अगाडि बढेको र नातामा देवर पर्ने स्वकीय सचिव युवराज गिरीका आदेशअनुसार चली कमाउधन्दामा लागेको समेत आरोप मन्त्री झाँक्रीमाथि लागेको छ । सचिव गेलालले मन्त्री झाँक्रीको कुरा काट्न नसकी ‘एस् म्यान’ को भूमिका खेल्दा मन्त्रालयमा विकृति र अत्याचार बढेको जानकारहरुले बताएका छन् । मन्त्रिमण्डल हेरफेर हुने चर्चा चलेकाले झाँक्री मन्त्रीबाट हट्ने समाचार स्रोतले बताएको छ । मन्त्री झाँक्रीको एकलौटी रोक्नका लागि बालुवाटारले सचिव सिंहलाई शहरीमा पठाएको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *