केज पार्टनर्स मिट २०२५

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवनं/ सत्यदीप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी हो ।
गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरुले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना बारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए । सो अवसरमा सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्रकुमार मिश्रले कम्पनीको दुई दशकदेखिको यात्राको बारेमा जानकारी प्रदान गरिएको थियो । सो अवसरमा सत्यदीपको गुणस्तर, विश्वसनियता र देशव्यापी वितरण क्षमताको बारेमा जानकारी प्रदान गरिएको थियो ।
सहभागीहरुका बीचमा अन्य कुराका अतिरिक्त केजको उत्पादन क्षमताका बारेमा विशेष प्रकारको भिडियो प्रदर्शनी गरिएको थियो । सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको बारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना बारेमा सत्यदीप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतिकरणमार्फत जानकारी प्रदान गरेका थिए । नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *