मालपोतका महानिर्देशकको फुँई नै बढी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमा l  मुलुकभरका एक सय २६ वटा मालपोत कार्यालयको कमाण्डर बनेका पीताम्बर घिमिरे तीन महिना अगाडि भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक बनेर आएका हुन् । उनीभन्दा अगाडि हाल बैदेशिक रोजगार विभागको महानिर्देशक बनेका शेषनारायण पौडेल भूमि व्यवस्थापन विभागको महानिर्देशक थिए ।

पौडेलले विभागको डीजी हुँदा मालपोत कार्यालयहरुमा अनलाइन सेवा र भ्रष्टाचार न्यूनीकरण गर्दै प्रशस्त सुधारका कामहरु गरेको सरोकारवालाहरुले बताएका छन् । हालका महानिर्देशक घिमिरेले मापदण्ड मिचेर प्लटिङ्ग गरेका जग्गा व्यवसायीहरुलाई कारबाही नगर्दा उपत्यकामा प्लटिङ्ग गर्ने प्रवृत्ति मौलाएको छ । रोक्का गरिएका जग्गाहरुसमेत मालपोतका कर्मचारी र जग्गा दलालहरुको सेटिङमा प्लटिङ भइरहेको समाचार स्रोतले बताएको छ । त्यसबाहेक सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी लिएको भूमि व्यवस्थापन विभाग मातहतका मालपोत कार्यालयका कर्मचारीहरु बिचौलिया र भूमाफियासँग मिलेर व्यक्तिको नाममा दर्ता गर्दासमेत बेखबर जस्तै बनेको छ । मालपोतको श्रेस्ता र ढा जग्गा दलाल र भूमाफियाको कब्जामा रहँदासमेत कर्मचारीहरुले आँखा चिम्लने गरेका छन् । अनलाइन सेवा हात्तीको देखाउने दाँतजस्तै बनेको जानकारहरुले बताएका छन् । आर्थिक मन्दीले घरजग्गा खरिदबिक्री कारोबारमा कमी आए पनि कर्मचारीहरुको अतिरिक्त कमाईमा कुनै कमी नआएको बताइएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका जग्गाहरु अनाधिकृत प्लटिङ कारोबारमा सरकारले रोक लगाउने बताए पनि मालपोतका कर्मचारीहरुले कुनै वास्ता गरेका छैनन् । पछिल्लो समय जग्गा कित्ताकाट हुने क्रम बढेको छ । सरकारले जग्गा टुक्र्याएर बिक्री गर्न कडाई गरे पनि कर्मचारीहरुले सेटिङमा आँखा चिम्लेर प्लटिङ गर्ने गरेका छन् । यसबाट हुने अतिरिक्त कमाईको भाग कार्यालय प्रमुख र मालपोतका डिजीलाई पनि पुग्ने लेखापढी व्यवसायमा संलग्न हुनेहरुले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् । अतिरिक्त कमाई हुने हुँदा मालपोत कार्यालयहरुमा सरुवा हुन शक्तिकेन्द्र धाउने प्रवृत्ति अहिले पनि छ । यस्ता विकृति र सेटिङमा हुने भ्रष्टाचार रोक्नेतिर महानिर्देशक घिमिरेको ध्यान जानुको सट्टा विभागको कुर्सीमा बसेर मालपोतमा समस्या नै छैन भन्दै पुmँई लगाउने गरेको सिंहदरबारभित्र चर्चा चलेको छ । डिजी घिमिरेले जग्गाधनी र मोहीको समस्या पनि हल गर्न नसकी मन्त्री र सचिवको चाकडीमा धाउने गरेको पीडितहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *